ढुंगा प्रहारबाट मृत्यु, अभियुक्त प्रहरी नियन्त्रणमा
सुर्खेत, २०७८ जेठ २० गते
लेकबेशी नगरपालिका-२ साँझे बस्ने ३१ वर्षीय बम बहादुर ठाडामगरको ढुंगा प्रहारबाट बुधबार दिउँसो मृत्यु भएको छ ।
घरायसी बिषयमा विवाद हुँदा उनकै दाइ ३४ वर्षीय टोप बहादुर ठाडामगरले टाउकोमा ढुंगाले प्रहार गर्दा गम्भीर घाइते भएका बमबहादुरको देउती नर्सिङहोम सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय लेकबेशी र ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले टोप बहादुरलाई नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
———————————–
Police arrested a man who allegedly killed his own brother in Lekbesi Municipality-2 of Surkhet district, on Wednesday afternoon.
The arrestee has been identified as Top Bahadur Thadamagar, a 34-year-old while the deceased has been identified as Bam Bahadur Thadamagar, a 31-year-old.
Following a dispute, Top Bahadur struck his own brother, Bam Bahadur with a stone leading him to severe injury.
Bam Bahadur was pronounced dead while he was undergoing treatment at Surkhet-based Deuti Nursing Home.
Joint security personnel deployed from the Lekbesi-Area Police Office and Chinchu-based Area Police Office nabbed Top Bahadur.
Meanwhile, further investigation into the case is underway, said the police.